|
२०८३ जेष्ठ ३
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुन तोलामा ४ हजार ५ सय र चाँदी ३ सय ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा तीन सय ३० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्