|
२०८३ जेष्ठ १
काठमाण्डौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मुलुकको अर्थतन्त्र र बैंकिङ क्षेत्र अहिले आत्मविश्वासको अभाव ‘कन्फिडेन्स क्राइसिस’ बाट गुज्रिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार हुन नसक्नु गम्भीर चिन्ताको विषय भएको बताए ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्र अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको र लगानीका लागि उत्साह नदेखाएको बताए ।
उनले उद्योग–व्यावसायिक क्षेत्रमा कर्जाको माग कमजोर हुनु र सरकारी पुँजीगत खर्च बढ्न नसक्नुले आर्थिक गतिविधिमा सुस्तता ल्याएको र त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा परेको बताए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्