लगातार तेस्रो दिन घट्यो सेयर बजार, आज १० अंक घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।

आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार ०.३२ तथा जीवन बीमा ०.०१ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *