आजदेखि रिलायबल समृद्धि योजना २ को इकाई बिक्रीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । आजदेखि रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा छिटोमा जेठ १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *