ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

यसअघि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्रै कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

अब उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति ३५ दिन भित्रै आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा दिन सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *