काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । साताभर प्रायः ओरालो र कहिले सामान्य वृद्धि भएको सेयर बजार शुक्रबार भने दोहोरो अंकमा वृद्धि भएको छ ।
यसदिन नेप्से परिसूचक २७।४९ अंक (१.०१ प्रतिशत) ले बढेर २,७४५.६५ विन्दुमा बन्द भएको छ । यससँगै, समूहगत रूपमा सबै उपसमूह बढेर हरियाली देखियो ।
यस दिन बजारमा कुल ३३५ कम्पनीको ७४ लाख ६२ हजार ६३ कित्ता सेयर ५२ हजार ८६६ पटक कारोबार भयो । शुक्रबार तीन अर्ब २७ करोड ७५ लाख ९ हजार ३३४ रुपैयाँबराबरको कारोबार भएको छ । आजको कारोबारमा २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी आठ कम्पनीको मूल्य स्थिर छ ।
आज त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् १० प्रतिशत नाफा कमाएका छन् भने होटेल फरेष्ट कम्पनीको मूल्य ७.९० प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरको ५.८५ प्रतिशतले वृद्धि भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्