आज सुनचाँदीको मूल्य बृद्धि, कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २ सय ७५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १ सय ५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *