|
२०८३ बैशाख २३
काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ । बुधबार बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ ।
आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै नाफा कमाउनेमा फर्वार्ड माइक्रोफाइनान्स रहेको छ, जसको सेयर मूल्य १३.७४ प्रतिशतले बढेर १३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै अपर लोहोरे हाइड्रोपावरको मूल्य ५.९५ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड–२ को ५.१६ प्रतिशतले वृद्धि भएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्