|
२०८३ बैशाख २१
काठमाण्डौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ ।
यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाएपनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो ।
आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक विदाका कारण बन्द रहेको थियो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो । २७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रह्यो ।
माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्