उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभाबाट नयाँ नेतृत्व चुनिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा सुरु भएको छ । लामो समयदेखि देखिएको कानुनी जटिलता र आन्तरिक मतभेदपछि सहमति जुटेसँगै यो कार्यक्रम आयोजना गरिएको हो ।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ । उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको जिम्मेवारी सम्हाल्नेछन् । कार्यसमितिका अन्य पदहरूको निर्वाचनका लागि भोलि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको छ ।

यसपटक ७३ सदस्यीय कार्यसमितिका लागि १३७ जना उम्मेदवार चुनावी मैदानमा छन् भने देशभरका २ हजारभन्दा बढी मतदाताहरू यस प्रक्रियामा सहभागी हुँदैछन् । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्ष र सदस्य पदका लागि प्यानलगत रूपमा कडा प्रतिस्पर्धा देखिएको छ ।

नयाँ नेतृत्वले बैंक ब्याजदर, लगानीको वातावरण र बजारमा देखिएको आर्थिक मन्दी जस्ता समस्याहरू समाधान गर्न पहल गर्ने व्यवसायीहरूको ठुलो अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *