आज सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको आज सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ तोकिएको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *