काठमाण्डौँ । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ ।
सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो ।
दुई समूहका सूचक मात्रै बढेका छन् । बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेका हुन् । सबै सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटे ।
विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०।४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार ०.६३ प्रतिशत घटेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्