आज सुनको मूल्य प्रतितोला ३ हजारले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १५

काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको हो ।

महासंघले आजका लागि तय गरेको नयाँ दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेर कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको छ।

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *