|
२०८३ बैशाख १४
काठमाण्डौँ । साताको पहिलो कारोबार दिन सेयर बजार ७.७३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७९६ अंकमा कायम भएको छ । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोडको भयो । १५७ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशत बढे ।
त्यस्तै हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार १.३९ प्रतिशत घटे । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । १५ प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्