बिहीबार सेयर बजारमा दोहोरो अंक सुधार, कारोबार रकम बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

काठमाण्डौँ । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

लगातार दुई दिन घटेको बजार बिहीबार २३.८७ अंकले बढेर नेप्से परिसूचक २८२०.४४ विन्दुमा बन्द भएको छ ।

यस दिन चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजारपटक किनबेच हुँदा १४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेका अनुसार, ३३५ कम्पनीको कारोबार भयो, जसमा १७६ कम्पनीको मूल्य बढ्यो । ७७ को घट्यो भने नौवटाको स्थिर रह्यो ।

सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, नेसनल हाइड्रोपावर र होटेल फरेस्ट इनको सर्किट लेभलमा कारोबार भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *