आज सुनको भाउ ११ हजार रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ हजार रूपैयाँले घटेर ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोलामा पाँच हजार ६ सय रुपैयाँ बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा २ सय ७५ रूपैयाँले घटेर चाँदी ५ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *