नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । समापन समारोह काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजना गरिएको थियो ।

समारोहमा कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन योगदान दिने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्न कर्मचारीलाई प्रविधिमैत्री र दक्ष बनाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सबैको साथ र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत तारकेश्वरस्थित मातृ नेपाल बालगृहमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन तथा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। साथै देशभरका प्रदेश तथा शाखा कार्यालयमार्फत विभिन्न सामाजिक संस्थामा सहयोग कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ।

कर्मचारीको शारीरिक तथा मानसिक सुदृढीकरणका लागि अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाल प्रतियोगिता समेत आयोजना गरिएको थियो। कार्यक्रममा विजेता तथा सहभागी कर्मचारीलाई पदक, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *