सोमबार २ अंक बढेको सेयर बजारमा कारोबार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काभ्रे । लगातार घटेको तीन दिनपछि सोमबार सेयर बजार झिनो अंक बढेको छ ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । यसअघि हिजो २७.५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ५ अर्ब १३ करोडको भयो ।

समग्र बजार बढ्दा पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.२८, विकास बैंक ०.९०, फाइनान्स ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७ तथा अन्य ०.०८ प्रतिशत बढे ।

त्यस्तै होटल तथा पर्यटन ०.३५, हाइड्रोपावर ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.०३ प्रतिशत घटे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *