आइतबार सेयर बजारका सबै सूचक घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो।

३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो । समूहगत सूचक सबै राताम्मे भएका छन् । बैंकिङ ०.५२, विकास बैंक १.४१, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन १.०२, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४२, अन्य ०.८५, व्यापार ३.५९ प्रतिशत घटे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *