नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच स्वास्थ्य सेवामा छुट सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बीच विशेष स्वास्थ्य सेवा सम्झौता भएको छ।

यस सम्झौता अनुसार, नेपाल बैंकमा खाता भएका ग्राहकहरू, बैंक कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूले भक्तपुर, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावबाट प्रदान गरिने स्वास्थ्य सेवामा २० देखि ५० प्रतिशत छुट पाउनेछन्। छुट डिजिटल कारोबारमार्फत मात्र लागु हुनेछ।

सम्झौतामा बैंक तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स तर्फबाट निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । यसबाट बैंकका कर्मचारी र ग्राहकहरूले डायग्नोस्टिक सेवा सहज र सहुलियतपूर्ण रुपमा प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *