घोराहीमा सन नेपाल लाइफको नयाँ शाखा स्थानमा स्थानान्तरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्धघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् ।

उद्धघाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ । शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

सन नेपाल लाइफले सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई सुदृढ गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *