काठमाण्डौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो ।
विभागगत रूपमा हेर्दा भन्सार विभागले गत वर्षको तुलनामा ८.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। भन्सार विभागमार्फत २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रूपैयाँ संकलन भएको छ ।
यस्तै, आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रूपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ४.२१ प्रतिशतको वृद्धि हो ।
मुख्य कर शीर्षकहरूमध्ये अन्तःशुल्क संकलनमा सबैभन्दा उत्साहजनक १०.८८ प्रतिशतको वृद्धि देखिएको छ।
माघ २९ सम्म १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रूपैयाँ अन्तःशुल्क संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) पनि ७.५८ प्रतिशतले बढेर १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रूपैयाँ पुगेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्