काठमाण्डौँ । भ्रष्टाचार नियन्त्रणमा नेपालको अवस्था यो वर्ष पनि आशालाग्दो देखिएको छैन ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२५’ अनुसार नेपालले १०० मा ३४ अंक मात्र प्राप्त गरेको छ । २०२४ मा पनि नेपालको अंक ३४ नै थियो । यसले मुलुकमा भ्रष्टाचार निवारणको दिशामा कुनै उल्लेखनीय सुधार नभएको देखाउँछ ।
विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल ‘मध्यमभन्दा कमजोर’ श्रेणीमा परेको छ। टीआईका अनुसार १०० अंकले पूर्ण पारदर्शी र शून्य अंकले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ । दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान ७१ अंकसहित सबैभन्दा स्वच्छ मुलुकका रूपमा देखिएको छ । भारत र माल्दिभ्सले समान ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८ र बंगलादेशले २४ अंक पाएका छन् । अफगानिस्तान १६ अंकसहित सबैभन्दा कमजोर स्थितिमा छ । अर्को छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ ।
यस वर्ष विश्वव्यापी रूपमा पनि भ्रष्टाचारको अवस्था बिग्रिएको देखिएको छ । औसत अंक गत वर्षको तुलनामा एक बिन्दुले घटेर ४२ मा झरेको छ । डेनमार्क ८९ अंकसहित लगातार आठौँ वर्ष विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने दक्षिण सुडान र सोमालिया ९९ अंक० सबैभन्दा भ्रष्ट सूचीमा छन् ।
टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले अंक स्थिर रहनुले सरकारको भ्रष्टाचार विरोधी अभियान प्रभावकारी नभएको पुष्टि हुने बताए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्