|
२०८२ पुष १
सोलुखुम्बु । ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ औँ बार्षिक साधरण सभा हुने भएको छ । आर्थिक बर्ष २०८१ ८२ सालको आर्थिक कारोबारको लेखा परिक्षण भइसकेकाले संस्थाले यही पुष २६ गते बार्षिक साधरण सभा गर्ने भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन माथि छलफल गरि पारित गरिने छ । आर्थिक बर्ष २०८१ ८२ सालको लेखा परिक्षकको आर्थिक प्रतिवेदन छलफल गरि पारित गर्ने, बिनिमय संशोधन सम्बन्धमा छलफल गर्ने संस्थाले जनाएको छ ।
यस्तै आर्थिक बर्ष २०८२ ८३ का लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रममिक सम्बन्धमा छलफल, आन्तरिक नीति, कार्यविधि, बोर्ड शेयर निर्देशिका, शेयर लाभांश, बार्षिक बजेट तथा कार्ययोजनालगायत विषयमा छलफल र पारित गरिनेछ ।
कार्यक्रम माप्यदुधकोशी गाउँपालिका सभाहल खास्तापमा गरिने संस्थाले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्