२० वाणिज्य बैंकमध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाए

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ३०, २०८२

काठमाण्डौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेनजी आन्दोलनपछि लगानीको खडरी देखिएको छ ।

जसका कारण बैंकहरुमा ११ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । यस्तो पृष्ठभूमिमा अर्थतन्त्रमा सुधार हुने नदेखेपछि बैंकहरुले निक्षेपको ब्याजदर कात्तिक महिनाको तुलनामा ब्याजदर थप घटाएको बताइएको छ।

वाणिज्य बैंकहरूले मंसिरका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२६ प्रतिशत बिन्दुले घटेको छ । २० वाणिज्य बैंकमध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका छन् । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ५.०३ प्रतिशतमा सीमित भएको छ ।

२० वटा वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर कात्तिकमा ५।२० प्रतिशत रहेकोमा मंसिरका लागि ५.०३ प्रतिशत तोकिएको छ । जुन ०.१७ प्रतिशत बिन्दुले कम हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *