काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार १.१३ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२ : ३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यस्तै २ : ०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो ।
सेयर बजार झिनो अंक बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशत बढ्यो ।
१२३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ८ को स्थिर रह्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशत बढे ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्