समृद्धि फाइनान्सको २४औँ वार्षिकोत्सव सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । समृद्धि फाइनान्स लिमिटेडको २४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कात्तिक २५ गते आयोजित समारोहमा फाइनान्सका व्यवस्थापन समिति, कर्मचारी र ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा सबै शाखाहरूमा केक काटी वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा संस्थाको २४ वर्षको सेवा यात्रा, समुदायप्रतिको प्रतिबद्धता र ग्राहकहितका कार्यहरूमा जोड दिइएको फाइनान्सले जनाएको छ।

हाल समृद्धि फाइनान्सले तेह्र शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स र क्लियरिङ लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडजस्ता डिजिटल सुविधा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ।

फाइनान्सले पोखरा फाइनान्ससँग गाभिने प्रक्रिया सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *