सोमबार कारोबारसँगै सेयर बजार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको हो ।

कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ ः ३७ बजे नेप्से आजको अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ ः ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *