प्रभु बैंकको पहिलो त्रैमास: मुनाफा र लाभांशमा सुधार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा ब्याज आम्दानी १०.१४% ले वृद्धि गर्दै २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ पुगेको छ, जसले लाभांश क्षमता १.७२% पुर्‍याएको छ।

सञ्चालन मुनाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको र रिजर्भ कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ। निक्षेप संकलन ३ खर्ब ४५ अर्ब १७ करोड र कर्जा प्रवाह २ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ भएको छ।

वार्षिक प्रतिशेयर आम्दानी (EPS) ९.४९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ र पीई रेसियो २०.८७ रहेको छ। बैंकले दिगो बैंकिङ, ग्राहक सेवा र जोखिम न्यूनीकरणमार्फत आगामी त्रैमासमा अझ सशक्त प्रदर्शन गर्ने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *