एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ११

काठमाण्डौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावर मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र वन्डर नेपालबीच सम्पन्न समझदारीअनुसार, स्काइवाक टावरमा डिजिटल भुक्तानी गर्ने बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार यो सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विकासमा टेवा पुर्‍याउने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *