|
२०८२ कार्तिक १०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार, १० कात्तिक २०८२ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा तोकिएको छ।
त्यसैगरी, युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, पाउण्ड स्टर्लिङ एकको बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा, र भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
कुवेती दिनारको बिक्रीदर ४५९ रुपैयाँ ४६ पैसा, बहराइन दिनारको ३७३ रुपैयाँ ६३ पैसा र ओमानी रियालको ३६५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्