आइतबार पनि घट्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
भदौ २२, २०८२

काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३२ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७०८.४५ बिन्दुमा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत को गिरावट हो। यस दिन कुल ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज बजारमा ७९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा हिमस्टार हाइड्रको ९.९७ प्रतिशत र नेपाल इन्भेष्टमेन्टबैंकको इन्भेष्टमेन्ट प्लान ५.८३ प्रतिशत रहेका छन् । अन्य धेरै घटबढ हुने कम्पनीहरूमा युनाइटेड पावर कम्पनी, (५.१२ प्रतिशत) रहेका छन् ।

समूहगत परिसूचकतर्फ, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.२७ अङ्कले बढेको छ भने अन्य सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *