|
२०८२ भाद्र १९
काठमाण्डौँ । बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ । आज बजार अन्तिम ४० मिनेटमा सम्हालिएको छ ।
भारित औसत गणनाअघि १ अंकमुनि रातो रहेको बजार गणनापछि ६ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।
सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो । बैंकिङ ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशत घटेका छन् ।
व्यापार ०.५८ प्रतिशत बढ्यो ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्