काठमाण्डौँ । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०५.३० प्रतिशतको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने ५२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्