काठमाण्डौँ । आइतबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १३ अर्ब ०७ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९१ करोड रूपैयाँ कमी आएको हो ।
आज ३ सय १९ वटा धितोपत्रको तीन करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३३ वटाको घटेको छ।
यसदिन ट्रेड टावर र शिभश्री हाइड्रोपावरको मूल्य सर्किट लेभलमा बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार १ सय ४८ रूपैयाँ र २ सय १२ रूपैयाँ १० पैसा कायम भएको छ।
सान्भी इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८ सय २ रूपैयाँ ४० पैसामा झरेको छ।
यसैगरी, समता घरेलु लघुवित्तको मूल्य ९.९६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ७२ रूपैयाँ ८० पैसा कायम भएको छ।
आइतबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ५ सय १५ रूपैयाँमा ७५ करोड ३९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८५ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५६ रूपैयाँमा ७१ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्