बिहीबार २९२२ अंकमा झर्‍यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १५

काठमाण्डौँ । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

आज बजार उतारचढावपूर्ण रह्यो । अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । फाइनान्स बाहेक सबै समूहका सूचक घटे । फाइनान्स १.१८ प्रतिशत बढ्यो ।

व्यापार सबैभन्दा धेरै २.४४ प्रतिशत घट्यो । बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.७० तथा अन्य ०।३० प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *