काठमाण्डौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ८०.९७ अंकले बढेर २९७३ विन्दुमा पुगेको छ। यो करिब एक वर्षयताकै उच्च बिन्दु हो ।
गत वर्ष २०८१ भदौ ६ गते नेप्से परिसूचक २९७४.४६ विन्दुमा थियो। मंगलबार नेप्से त्यसयताकै उच्च विन्दुमा आएको हो ।
मंगलबार कारोबार रकम पनि बढेर २० अर्ब आठ करोड रूपैयाँ पुगेको छ । सोमबार १६ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ ।
मंगलबार बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति ४९ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् । उत्पादनमुलक, लघुवित्त र जीवन बीमा कम्पनी समूहका समूहगत परिसूकचमा सबैभन्दा धेरैले वृद्धि भएको छ । यी समूहगत परिसूचक चार प्रतिशतभन्दा धेरैले बढेका छन् ।
कारोबारमा आएका तीन सय १९ सेयर, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइ मध्ये दुई सय ७१ को मूल्य बढेर कारोबार भएको छ । ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्