सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १६

काठमाण्डौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे ।

फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *