बजेट घोषणा पछिको सेयर बजार १.६० अंकले बृद्धि

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १९, २०८२

काठमाण्डौँ । बजेट घोषणापछिको सेयर बजार १.६० अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो ।

कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ ।

होटल तथा पर्यटन २.३९ तथा लगानी २.२८ प्रतिशत बढे । यी दुई सेक्टर उच्च दरमा बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण हो । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने बजेटको घोषणा छ ।

त्यस्तै लगानी सेक्टरका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले उल्लेख गरेको छ ।

सोमबार विकास बैंक ०.२९, फाइनान्स ०।१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.५९, हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०।३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार ०.३५ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *