
काठमाण्डौँ । बुधबार नेप्से परिसूचक बढेको छ। नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा भने गिरावट आएको छ ।
मंगलबार पाँच अर्ब ३० करोडको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब ४८ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ८२ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१७ वटा धितोपत्रको एक करोड ७३ हजार ८ २२ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३६५ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य ७. ९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार २३८ रूपैयाँ ५१ पैसा कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया