×

आज पनि नेप्सेसँगै कारोबार रकम घट्यो

चैत्र ३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द भएको हो ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ४० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४३ करोड रूपैयाँ कमी आएको हो । आज ३ सय ३१ वटा धितोपत्रको ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर किनबेच भएको हो ।

सोमबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४५ वटाको घटेको छ। यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन राप्ती हाइड्रोको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६ सय ३५ रूपैयाँ कायम भएको छ ।

यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.०३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ५८२ सय रूपैयाँ पुगेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

यसदिन विकास व्यापार समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: