काठमाडौं : नेकपा एमालेले भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै सार्थक पहल थाल्न सरकारलाई आग्रह गरेको छ। एमालेले भारतसंग अविलम्ब गम्भिर संवाद गर्न, सबैखाले बलमिच्याई रोक लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गरेको हो।
विदेश विभाग प्रमुख राजन भट्टराइले जारी गरीएको प्रेस वक्तव्यमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ। ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ ।’ ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दई देशबीचमा थाती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिइरहेकाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।’ मंगलबार जारी गरीएको वक्तव्यमा भनिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्