काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। शनिबार बिहान १० बजे बालकोट पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको छ।
ओलीसँगको भेटमा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।
एमाले फुटाउन अध्योदश ल्याएको, एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको,परामादेशबाट आफूलाई सरकारबाट विस्थापित गरेको भन्दै ओली रुष्ट बनेका छन् । ओली र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यस अगाडि बिहीबार राष्ट्रपति भण्डारीसँगको भेटमा देउवाले केपी शर्मा ओलीसँग संसद सुचारु गर्नेबारे मध्यस्थता गरिदिन आग्रह गरेका थिए। सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिको शुक्रबारको बसेको बैठकले ओलीलाई फकाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्