त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले भारतीय भूमीमा भनिदिए– ‘म हिन्दी जान्दिन’

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २२

काठमाडौं– दश दिनका लागि भारतका विभिन्न स्थानको भ्रमणका लागि पश्चिम बंगाल पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय पत्रकारलाई आफूले हिन्दी भाषा नबुझ्ने जवाफ फर्काएका छन्।

पत्नी तथा पूर्वरानी कोमल शाहसहित एउटा सपिङ मलमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका पत्रकारले सोध्छन्,‘हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है?’

कानतिर हातले इशारा गरेका पूर्वराजा भन्छन्,‘आई डन्ट नो हिन्दी।’ त्यसपछि पत्रकारले नेपालीमा नै सोध्छन्,‘तपाईको यस पटकको भारत भ्रमणको उद्देश्य के छ?’

नेपालीमा प्रश्न गरेपछि पूर्वराजा ज्ञानेन्द्रले जवाफ फर्काउँछन्,‘त्यस्तो खास लक्ष्य केही छैन।’

नेपालका अहिलेका राजनीतिज्ञले भारतीय मिडियामा हिन्दीमा मुलुककै बेइज्जत हुनेगरी अन्तरवार्ता दिएका कारण आलोचित हुनु परेको छ। हालै मात्र नयाँ नक्शाका सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दीमा अन्तरवार्ता दिएका थिए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भारतीय समाचार च्यानल जी न्युजलाई हिन्दी भाषामा अन्तरवार्ता दिएका थिए।

यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कयौं पटक भारतीय मिडियालाई हिन्दीमा भाषामा अन्तरवार्ता दिएर आलोचित हुनु परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *