|
२०७८ पुष २१
काठमाडौ : एमालेको आग्रहमा भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
एमालेको केही जिल्लामा अधिवेशन हुन बाँकी छ। त्यसैले केही नेता जिल्ला बाहिर भएकाले एमालेले बैठक सार्न आग्रह गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
संघीय संसदका महासचिव भरतराज गौतमले अब बैठक पुस २८ गते बस्ने जानकारी दिए।
प्रतिनिधि सभा नियमवाली २०७५ नियम ६ को उपनियम ३ बमोजिम बैठक पुस २८ गते दिनको १ बस्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्