|
२०७८ कार्तिक १०
काठमाडौ – नेकपा एमालेको पालिका अधिबेशनबाट सोलुखुम्बुको ५ स्थानीय तहमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ ।
जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाका अनुसार लिखुपिके अध्यक्षमा हिक्मत कार्की चयन भएका छन् भने सोताङमा गाउँपालिका अध्यक्ष वीर बहादुर राईलाई एमाले अध्यक्षको रुपमा चयन भएका छन् । सोलुदुधकुण्ड नगरपालिकामा मिङमार छिरी शेर्पा, महाकुलुङ गाउँपालिकामा मछिन्द्र राई र खुम्बु पासाङल्हामू गाउँपालिकामा ल्हाक्पा ग्याल्जे शेर्पा अध्यक्ष बनेका छन् ।
थुलुङ दुधकोशीमा भोली (बुधबार) र नेचासल्यानमा कात्तिक १५ मा अधिबेशन गरिनेछ । माप्य दुधकोशीको एमाले अधिबेशनको मिति तय हुन बाँकी रहेको जिल्ला अध्यक्ष बास्तोलाले जानकारी दिए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्