माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ । ४८ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च र २५–२५ सदस्यीय निर्वाचन कमिटी र लेखा समिति पनि गठन गरेको छ । भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय हुने छ ।

स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान आठ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *