अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १९

एजेन्सी : अफगानिस्तानको जलालावादमा तीन जना महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।

यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताएका छन् । उनले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *