काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्।
‘उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाउनु भयो’ हमालका स्वकीय सचिव विरिजेन्द्र हमालले भने, उहाँ राजीनामा पत्र बुझाएर फर्किसक्नु भएको छ।’ आफूमाथि ब्यक्तिगत रुपमा टिका टिप्पणी बढ्न गालेको भन्दै उनले आज बिहान राजीनामा दिने घोषणा गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको उनीमाथि आरोप लाग्दै आएको थियो। तर, उक्त आरोपको उनले खण्डन गर्दै आएका थिए । ‘मेरो ब्यक्तिगत रुपमा टिका टिप्पणी हुन थाल्यो, कांग्रेसले मन्त्री बनाउँदा प्रधानन्यायाधीशसँग जोड्ने काम भयो, त्यसकारण मलाई मन्त्री पदमा बसिरहन उचित लागेन,’ हमालले भने।
हमालले राजीनामा दिने घोषणा गरेपछि नदिन चौतर्फी रुपमा दवाब पनि आएको उनको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवा निकट हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। नेपाली कांग्रेस बाँकेको पूर्व सभापति समेत भइसकेका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्