कांग्रेस सह-महामन्त्री नेतृत्वको टोली आज भारत जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत  नेतृत्वको टोली आज भारत जाँदै जाँदैछ ।

सत्तारुढ दल भारतीय जनता पार्टी  (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो । भारतसँग सम्बन्ध सुदढ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले टोली पठाउन लागेका हुन् ।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन् । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *